बार्सिलाेनाका अध्यक्षविरुद्धकाे अविश्वासकाे प्रस्तावकाे प्रक्रिया सुरु

0

बार्सिलोनाका अध्यक्ष जोसेप मारियाविरुद्धको अविश्वासको प्रस्ताव क्लवले पारित गरेको छ । जसका कारण उनी यो पदमा रहने की नरहने भन्ने सेप्टेम्बर २९ अर्थात आउदो मंगलबार हुने भएको छ ।

बार्सिलोनाका अध्यक्षलाई हटाउनु पर्छ भनेर अभियान नै सुरु भएकोमा सदस्यहरुले २० हजार ६८७ वटा हस्ताक्षर संकलन गरेका थिए । जसमा उनीहरुको हस्ताक्षर बैधानिक रहेको र नियम अनुसार रहेको बार्सिलोना बताएको छ ।

यसका साथै अविश्वासको प्रस्तावका लागि चाहिने सबै डकुमेन्ट क्लवमा बुझाएका छन । काटालान फुटबल फेडेरेसनका सदस्य समेत रहेका जोसेप ट्रियाडोको अगुवाईमा भएको यो अभियानले सेप्टेम्बर २९ मा नतिजा पाउने भएको छ ।

बार्सिलोनाको बोर्डविरुद्ध अभियान चलाउनका लागि उनीहरुसँग १० दिनको समय थियो । जसमा उनीहरुले हजारौ हस्ताक्षर संकलन गर्न सफल भएका थिए । अब अविश्वासको प्रस्तावलाई क्लवले प्रक्रियामा राखेपछि यो अभियानमा जुटेका ब्यक्तिहरु निकै खुसी हुँदा अध्यक्ष जोसेपको भने निन्द्रा खराब हुन सुरु भएको छ ।

Post Add 1025X115
Loading...