पीएसजीका अध्यक्ष खलिफीलाई २४ महिनाकाे जेल सजाय माग

0

पेरीस सेन्ट जर्मेन फुटबल क्लवका अध्यक्ष नासीर अल खलिफी एक महिना भित्रमा दोस्रो पदक भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित भएका छन ।

उनले विश्वकपको प्रशारण अधिकार खरिद गर्नका लागि अनाधिकृत रुपमा घुस दिएर भ्रष्टाचार गर्न खोजेको आरोप लागेको छ । यसमा उनले आफु निर्दोश भएको बताउँदै आएका छन ।

सन् २०२६ र २०३० को विश्वकपका लागि खलिफीले फिफाको पूर्व महासचवि जेरोम भाल्ेकलाई सन् २०१३ मा पाँच मिलियन रुपैयाँ ब्यक्तिगत रुपमा दिने भनेर अफर गरेका थिए । त्यसका लागि खलिफीको लगानी रहेको मिडिया कम्पनी बेइन स्पोर्टसलाई विश्वकपको प्रशारण अधिकार दिनुपर्ने शर्त राखिएको थियो ।

स्विस अधिकारीका अनुसार खलिफीको सो प्रस्तावमा भाल्केले त्यसका लागि आफ्नो अधिकार प्रयोग गरेर बेइन स्पोर्टसलाई दुई वटा विश्वकपको प्रशारण अधिकारी दिने बचन दिएको भनिएको छ ।

गएराति स्विट्जरल्याण्डको अदालतमा उपस्थित भएको खलिफीले ६ घण्टासम्म बयान दिएका थिए । अलिफीलाई भ्रष्टाचार गर्न र गराउन खोजेका आरोपमा २८ महिनाको जेल सजायको माग गरिएको छ । यो मुद्दाको फैसला अक्टोबर ३० तारिखमा हुनेछ ।

Post Add 1025X115
Loading...