१७ बर्षे खेलाडीकाे गाेलका कारण सिटी लिग कपकाे चाैथाे चरणमा

0

म्यानचेस्टर सिटी लिग कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई दुई एकले हराउँदै सिटीले चौथो चरणमा स्थान बनायो ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीले १८ औं मिनेटमा अग्रता बनायो । १७ बर्षे युवा खेलाडी लियाम डेलापले गोल गर्न सफल भए । सिटीको सिनियर टिममा डेब्यु गरेका उनले पहिलो खेलमा नै गोल गर्न सफल भए । उनले फिल फोडेनको पासलाई उत्कृष्ट फिनिस गरेका थिए ।

साविक विजेता सिटीको त्यो अग्रता धेरै बेर भने टिक्न सकेन । खेलको २२ औं मिनेटमा बर्नमाउथका साम सुरिजले गोल गर्दै खेल बराबरी गर्न सफल भए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा सिटीले फेरी अग्रता बनायो । उसका लागि फोडेनले गोल गर्न सफल भए । त्यसपछि भने बर्नमाउथ खेलमा फर्कन सकेन र पराजित भयो ।

चौथो चरणमा सिटीले बुर्नलीसँग खेल्नेछ । युवा खेलाडी डेलापको प्रदर्शनका बारेमा प्रशिक्षक पेप ग्वार्डियोलाले खुलेर प्रशंसा गरेका थिए ।

Post Add 1025X115
Loading...