टाेटनह्याम यूराेपा लिगकाे छनाेट नजिक

0

इंग्लिस क्लव टोटनह्याम युरोपा लिगको छनोट नजिक पुगेको छ । गएराति भएको खेलमा नर्थ मासेडोनियन क्लव स्केन्देजा क्लवलाईउ तीन एकले हराउँदै युरोपा लिगको छनोटको संघारमा पुगेको छ ।

युरोपा लिगको प्लेअफ अन्तर्गतको खेलमा टोटनह्यामको जितमा इरीक लामेला, सन ह्युङ मिङ र हेरी केनले एक एक गोल गरे ।
खेलको पाँचौ मिनेटमा लामेलाको गोलमा टोटनह्यामले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ५५ औं मिनेटमा नापियुले गोल गर्दै घरेलु टिमलाई बराबरीमा ल्याएका थिए । तर ७० औं मिनेटमा सन ह्युङ मिङले गोल गर्दै टोटनह्यामलाई फेरी अग्रता दिलाए । त्यसको नौ मिनेटमा फेरी हेरी केनले टोटनह्यामका लागि गोल गर्दै तीन एकको सहज जित दिलाए ।

खेल सुरु हुनुभन्दा अगाडी नै प्रशिक्षक जोजे मोउरिन्होले मैदानमा रहेको पोष्टका विषयमा यूइएफए रेफ्रिसँग आपत्ती जनाएको थिए । उनले खेल हुने मैदानमा रहेको पोष्टहरु मापदण्ड अनुसार नभएको बताएका थिए । जसमा नियमित पोष्ट भन्दा पाँच सेन्टिमिटर कम भएको भनेर उनले यूइएफएका प्रतिनिधीलाई भनेका थिए ।

मेसेडोनियन क्लवले पनि आफ्नो खेल घरेलु मैदानमा नखेलेको र खेल भएको मैदान युइएफएको मापदण्ड अनुसान नभएको भन्दै अपिल गरेका छन ।

टोटनह्याका गोलकिपरले पोष्ट सानो भएको भन्दै प्रशिक्षक जोजे मोउरिन्होलाई बताएपछि उनी आफै मैदानमा गरेर नापेको थिए । खेलपछि मोउरिन्हाले आफ्नो इन्टाग्राममा त्यसको पोष्ट पनि राखेका छन ।

उनले त्यसमा आफुले सोचे बढेछु भनेर, तर पछि थाहा पाइयो गोलपोष्ट नै पाँच सेन्टिमिटर कम रहेछ भनेर लेखेका छन ।

Post Add 1025X115
Loading...