फ्रेन्च ओपनकाे पहिलाे चरणमा नै मर्रे र वावरिन्का खेल्ने

0

फ्रेन्च ओपन टेनिसको पहिलो चरणको खेल तालिका सार्वजनिक भएको छ । जसमा बेलायती खेलाडी एन्डी मर्रेले पहिलो चरणमा स्टान वावरिन्कासँग खेल्ने भएका छन ।

तीन पटकका ग्राण्डस्लाम च्याम्पियन वावरिन्का र मर्रे मध्ये एकको यात्रा पहिलो चरणमा नै सकिने भएको छ । यी दुई खेलाडीले अन्तिम पटक सन् २०१७ मा पेरीसमा खेलेका थिए ।

यस्तै महिला तर्फ बेलायती खेलाडी जोहाना कोन्टाले नबौं बरियताकी अमेरीकी खेलाडी कोको गउफसँग खेल्ने भएकी छिन । यस्तै डान इभान्सले जापनीज खेलाडी की निसीकोरीसँग खेल्नेछन ।

केली इडमुण्डले भने फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका छन । प्रतियोगितामा महिला तर्फको पहिलो चरणको खेल तीन दिनमा सकिने भएको छ ।

आइतबारबाट सुरु हुने प्रतियोगितामा मेर्रे सल्यक्रियापछि पहिलो पटक खेल्न लागेका हुन ।

प्रतियोगितामा सर्वियन खेलाडी नोभाक जोकोभिचले बरियताविहिन यामेरसँग खेल्नेछन । विश्व नम्वर दुई खेलाडी रफायल नाडालले ८३ औं बरियताका बेलारुसी खेलाडी इगोर जेरासिमोभसँग खेल्ने भएका छन ।

Post Add 1025X115
Loading...