आइपीएलमा पञ्जावकाे पहिलाे जित, बै‌ग्लाेर ९७ रनकाे भारी अन्तरले पराजित

0

इन्डियन प्रिमियर लिगमा किंग्स इलावेन पञ्जावले पहिलो जिते निकालेको छ । बिहिबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ९७ रनले हराउँदै पञ्जावले पहिलो जित निकाल्यो । यता बैंग्लोरको पहिलो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ६ रन बनायो । पञ्जावका लागि कप्तान लोकेश राहुलले शतकीय पारी खेले । जारी सिजनमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन । उनले एक सय ३२ रनको पारी खेले । राहुलले ६९ बलमा १४ चौका र सात छक्का प्रहार गरेका थिए ।

यसकाे साथै  राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् ।आइपिएल इतिहासमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

राहुलले सनराइर्जस हैदराबादका कप्तान डेभिड वार्नरलाई पछि पारेका हुन् । यसअघि कप्तानको रुपमा वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ५९ बलमा १ सय २६ रनको इनिङ खेलेका थिए । आइपिएल इतिहासमा राहुलको यो सर्वाधिक चौथो ठूलो व्यक्तिगत इनिङ हो ।

आइपिएलमा एकै इनिङमा सर्वाधिक रन जोड्ने कीर्तिमान क्रिस गेलको नाममा छ । गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पूणे वारियर्सविरुद्ध १ सय ७५ रनको पारी खेलेका थिए । कोलकाता नाइट राइडर्सबाट ब्रेन्डम म्याकुलमले सन् २००८ मा बेंगलोरविरुद्ध १ सय ५८ रनको पारी खेलेका थिए ।

राम्रो सुरुवात गरेको पञ्जावले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो । उसका ओपनर मायांक अग्रवालले २६ रन बनाए ।
त्यसपछि लोकेश र निकोलस पुरनबिच दोस्रो विकेटका लागि पनि अर्धशतकीय साझेदारी भएको थियो । टिमको स्कोर एक सय १४ रन बनाउँदा पुरन ब्यक्तिगत १७ रनमा आउट भए ।

पञ्जावको स्कोर एक सय २८ रन हुँदा तेस्रो विकेट झरेको थियो । बलिङमा बैंग्लोरका शिभंम दुबेले दुई विकेट लिए ।

जवाफमा बैंग्लोर १७ ओभरमा एक सय नाै रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको बैंग्लोरले दुई रनमा पहिलो विकेट गुमायो भने चार रन बनाउँदा तीन रन खेर फाल्यो । अघिल्लो खेलमा अर्धशतक बनाएको देभदत्त पाडिकल एक रनमा आउट भए भने जोस फिलिपले खाता खोल्न सकेनन् । यस्तै कप्तान विराट कोहलीले पनि मात्र एक रन बनाउन सके ।

त्यसपछि आरोन फिन्च र एवी डिभिलियर्सले टिमको पारी सम्हाल्न खोजेका थिए । तर फिन्च २० रनमा आउट भए भने डिभिलियर्स २८ रनमा पेभेलियन फर्किए । जसका कारण बैंग्लोरले ५७ रनमा पाँच विकेट गुमायो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । स्कोरबोर्डमा उसले अरु ४१ रन थप्दा तीन विकेट गुमायो ।

वासिंटन सुन्दर ३० रनमा आउट भए भने सिभंम दुबे १२, उमेश यादवले खाता खोल्न सकेनन् । बैंग्लोरको पारीलाई ध्वस्त पार्नका लागि रवी विश्वामीले तीन तथा सेल्डोन कोटरेलले दुई विकेट लिए ।

Post Add 1025X115
Loading...