पञ्जावद्वारा २०७ रनको लक्ष्य प्रस्तुत

0

इन्डियन प्रिमियर लिग आइपीएलमा किंग्स इलावेन पञ्जावले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई दुई सय सात रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ६ रन बनायो । पञ्जावका लागि कप्तान लोकेश राहुलले शतकीय पारी खेले । जारी सिजनमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन । उनले एक सय ३२ रनको पारी खेले । राहुलले ६९ बलमा १४ चौका र सात छक्का प्रहार गरेका थिए ।

यसकाे साथै  राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् ।आइपिएल इतिहासमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

राहुलले सनराइर्जस हैदराबादका कप्तान डेभिड वार्नरलाई पछि पारेका हुन् । यसअघि कप्तानको रुपमा वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ५९ बलमा १ सय २६ रनको इनिङ खेलेका थिए । आइपिएल इतिहासमा राहुलको यो सर्वाधिक चौथो ठूलो व्यक्तिगत इनिङ हो ।

आइपिएलमा एकै इनिङमा सर्वाधिक रन जोड्ने कीर्तिमान क्रिस गेलको नाममा छ । गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पूणे वारियर्सविरुद्ध ६६ बलमा १ सय ७५ रनको अविजित इनिङ खेलेका थिए । कोलकाता नाइट राइडर्सबाट ब्रेन्डम म्याकुलमले सन् २००८ मा बेंगलोरविरुद्ध ७३ बलमा १ सय ५८ रनको अविजित इनिङ खेलेका थिए । गेलले विराट कोहली र म्याकुलले सौरभ गांगुलीको कप्तानीमा उक्त इनिङ खेलेका थिए ।

राम्रो सुरुवात गरेको पञ्जावले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो । उसका ओपनर मायांक अग्रवालले २६ रन बनाए ।
त्यसपछि लोकेश र निकोलस पुरनबिच दोस्रो विकेटका लागि पनि अर्धशतकीय साझेदारी भएको थियो । टिमको स्कोर एक सय १४ रन बनाउँदा पुरन ब्यक्तिगत १७ रनमा आउट भए ।

पञ्जावको स्कोर एक सय २८ रन हुँदा तेस्रो विकेट झरेको थियो । बलिङमा बैंग्लोरका शिभंम दुबेले दुई विकेट लिए ।

Post Add 1025X115
Loading...