क्रिकेटर ललितको अवस्था बुझ्न खेलकुदमन्त्री ग्राण्डीमा

0

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटर ललित भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
काठमाडौंको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचाररत भण्डारीको अवस्थाबारे मन्त्रि विश्वकर्माले अस्पताल पुगेरै जानकारी लिएका हुन् ।

मन्त्री विश्वकर्माले ललितको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सरकारका तर्फबाट सहयोग गर्ने आश्वासन दिइएको जनाइएको छ । त्यसकालागि आफूले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार शिलवालसँग कुरा गरेको जानकारी दिए ।

ललित गत साता कञ्चनपुरको झलारीमा उनी चढेको मोटरसाइकल र मिनि ट्रकसँग ठोक्किएको थियो । गम्भीर घाइेत उनको कञ्चनपुर, कोहलपुर हुँदै ग्राण्डीमा उपचारका लागि ल्याइएको थियो । दाइने हात र खुट्टा दुवैमा चोट बोकेका ललितको सल्यक्रिया पछि अहिले जनरल वार्डमा राखिएको छ । उपचारमा संलग्न चिकित्सका अनुसार उनी कम्तिमा १ महिनामा अस्पताल बस्नु पर्ने छ ।

Post Add 1025X115
Loading...