डीन जाेन्सकाे असामयिक निधन

0

अष्ट्रेलियाका पूर्व क्रिकेटर डीन जोन्सको ५९ बर्षको उमेरमा निधन भएको छ ।

Advertisement

मेलबर्नमा जन्मिएका जोन्स पूर्व प्रशिक्षक तथा क्रिकेट कमेन्टेटर रहेका थिए ।

उनको हृदयघातबाट निधन भएको बताइएको छ । उनले जारी इन्डियन प्रिमियर लिगका लागि मुम्बईमा रहेका थिए ।

पछिल्लो पटक स्टार स्पोर्टसका लागि कमेन्ट्रि गर्दै आएको जोन्सको निधनले सबै आश्चार्यमा परेका छन ।

अष्ट्रेलियाका लागि जोन्सले ५२ टेष्ट खेलेका थिए । जसमा तीन हजार ६३१ रन बनाएका थिए । यस्तै एकदिवसिय क्रिकेटमा उनले एक सय ६४ खेलमा ६ हजार ६८ रन बनाएका थिए ।

 

Post Add 1025X115
Loading...