नेपालकाे मुख्य प्रशिक्षकका लागि तीन दर्जन भन्दा बढिकाे आवेदन

0

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, क्रिकेट म्यानेजर, फाइनान्स म्यानेजरका लागि गरेको आवेदनको समय गएराति सकिएको छ ।

Advertisement

यस्तैमा मुख्य प्रशिक्षकका लागि भारतका साथै अरु देशबाट पनि राम्रा प्रशिक्षकले पनि आवेदन दिएको बताइएको छ । क्यानको आवेदनमा पुर्व प्रशिक्षक पुबुदु दशानायेकेले पनि आवेदन दिएको बताइएको छ । यसका साथै भारतबाट पनि राम्रो कहलिएका प्रशिक्षकले आवेदन दिएको बुझिएको छ ।

क्यानले खोलेको आवदेनमा प्रशिक्षकमा तीन दर्जन भन्दा बढिले भरेको बताइएको छ । यसका साथै जनरल म्यानेजरमा दुई दर्जन भन्दा बढिको आवेदन परेको बुझिएको छ ।

अब क्यानले तीन चार दिनमा सबैको सूची तयार पारेर छनोट प्रक्रियामा जानेछ । सबैकाे सूची क्यानले फाइनल गरेर सार्वजनिक गर्ने बताएकाे छ । जसमा छनोट चरणमा पाँच जनाको समिती बनाइनेछ । जसमा आइसीसीको एक जना प्रतिनिधी, एक जना विशेषज्ञ र तीन जना क्यानका पदाधिकारी रहेनछन ।

क्यानबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष बस्नेछन भने विशेषज्ञमा क्रिकेटलाई राम्रोसँग बुझेको ब्यक्तिलाई राखिने भनिएको छ । त्यो गोप्य राखिनेछ ।

लान्स क्रुज्नर लेभल थ्री को प्रशिक्षण गरेका पूर्व खेलाडी हुन । उनले सन् २०१० मा बंगलादेश क्रिकेट टिमको बलिङ प्रशिक्षकका लागि अफर भएपनि त्यो प्रस्ताव अस्विकार गरेका थिए ।

त्यसपछि उनी २०१२ देखि २०१६ सम्म दक्षिण अफ्रिकी घरेलु क्रिकेट प्रतियोगितामा डोलफिन्सको प्रशिक्षक भएका थिए ।

२०१६ मा जिम्बावे क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक बनेका थिए । २०१९ मा उनी यूरो टी २० क्रिकेट प्रतियोगितामा ग्लास्को जाइन्टको मुख्य प्रशिक्षक बनेका थिए । पछिल्लो पटक क्रुज्नर अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेका छन ।

तर उनको प्रशिक्षणबाट टिम त्यति खुसी नभएको पनि बताइएको छ । जसका कारण उनलाई हटाउने संभावना रहेको बताइएको छ ।
यसका साथै मुख्य प्रशिक्षकका लागि इंग्ल्याण्डको काउन्टी क्रिकेटमा प्रशिक्षण गरेकाले पनि आवेदन दिएको छ ।

 

Post Add 1025X115
Loading...