नेपाली क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा पुबुदुसँगै लान्स क्रुज्नरकाे पनि आवेदन !

0

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, क्रिकेट म्यानेजर, फाइनान्स म्यानेजरका लागि गरेको आवेदनको समय गएराति सकिएको छ । यस्तैमा मुख्य प्रशिक्षकका लागि भारतका साथै अरु देशबाट पनि राम्रा प्रशिक्षकले पनि आवेदन दिएको बताइएको छ । स्रोतका अनुसार क्यानको आवेदनमा पुर्व प्रशिक्षक पुबुदु दशानायेकेले पनि आवेदन दिएको बताइएको छ ।

Advertisement

यसका साथै भारतबाट पनि राम्रो कहलिएका प्रशिक्षकले आवेदन दिएको बुझिएको छ । क्यानले अब केहि दिनमा सबै आवेदनको सर्टलिष्ट गरेर उनीहरुलाई अन्तरवार्ताका लागि ब्यवस्था मिलाउने भएको छ । त्यो अन्तरवार्ता कस्तो हुने भन्नेमा भने एकिन हुन सकेको छैन ।

सन् २०११ अक्टोबर २३ तारिखमा तत्कालिन अध्यक्ष विनयराज पाण्डेको पहलमा पुबुदु नेपाली क्रिकेट टिमको प्रशिक्षकका रुपमा नेपाल आएका थिए । त्यो बेला नेपाल डिभिजन चारमा थियो । सुरुवातमा ६ महिनाका लागि नेपाल आएका पुबुदुले नौ बर्ष नेपाली क्रिकेटको विडो थामेका पूर्व श्रीलंकन प्रशिक्षक रोय डायसको जिम्मेवारी सम्हाल्नुपर्ने थियो । नेपाल आउनु भन्दा अगाडी क्यानडाको प्रशिक्षक बनिसकेका पुबुदुले त्यहाँ हुँदापनि आफ्नो प्रशिक्षणको स्किललाई सबैमा देखाएका थिए ।

नेपाल आएको छोटो समयमा नै उनले क्रिकेटलाई गम्भिर तरिकाले बुझे । त्यसपछि उनले आफ्नो योजनालाई खेलाडीमा सम्झाए । पुबुदुले राष्ट्रिय टिममात्र होइन उमेर समुहका खेलाडीलाईपनि बेला बेलामा प्रशिक्षण दिने मौका पाए । हालका स्टार खेलाडी सन्दिप लामिछाने, सोमपाल कामी लगायत अरु खेलाडीलाई पनि पुबुदुले नै आविश्कार गरेका हुन ।

सुरुवातमा पाँच हजार अमेरीकी डलरमा नेपाल आएका पुबुदुको मासिक तलवपनि समय अनुसार नै बढ्दै गएको थियो । ग्रास रुट क्रिकेटको विकाश जरुरी छ भनेर उनले नेश्नल क्रिकेट एकेडेमीको अवधारणाका साथ त्यसमा काम गर्न लगाए र कीर्तिपुरमा एनसीएको सुरुवात भयो । यतिमात्र होइन, उनले राष्ट्रिय टिमको बेन्च स्ट्रेन्थलाई बलियो बनाउनका लागि ए टिमका अवधारणापनि ल्याएका थिए, तर त्यो सफल हुन सकेन । एनसीएले सुरुवाती दुई बर्ष निकै राम्रो काम गरेर केहि खेलाडी उत्पादन गरेको थियो । तर विस्तारै आर्थिक समस्या, ब्यवस्थापनको समस्याका कारण एनसीए बन्द भयो ।

यता नेपाल क्रिकेट संघ र खेलाडी विच केहि असमझदारी हुँदा खेलाडीको पक्षमा पुबुदु जहिले उभिए । पुबुदुकै पालामा नेपालले डिभिजन चारबाट डिभिजन दुईसम्म पुग्यो । यतिमात्र होइन, आइसीसी टी २० विश्वकप पनि खेल्यो । जुन सपनामात्र थियो, नेपालको त्यो साकार पारिदिए, त्यसमा उनले खेलाडीको बलियो पक्षलाई आत्मसाथ गरेर कमजोर पक्षलाई न्युनिकरण गर्दै गए ।

 

चार पाँच बर्षदेखि सँगै खेल्दै आएका खेलाडीले पनि पुबुदुको तरिकालाई मनमात्र पराएनन्, उनीहरुले पनि गतिलो साथ दिए । पुबुदु नेपाल बस्दो जहिलेपनि खेलाडीको सेवा सुविधाका लागि आवाज उठाइरहे । मैदानमा राम्रो नजिता आएपनि मैदान बाहिर प्रशासनले ब्याक अप गर्न सकेको छैन, भनेर खुलेरै बोले ।

क्यानमा आर्थिक हिनामिना भएको भन्ने विषयमा अख्तियारमा उजुरी परेर मुद्धा चल्दा पुबुदुले पनि बयान दिएका थिए । त्यो बेलाका अध्यक्ष टंक आङबुहाङ लगायतका १८ जना क्यानका पदाधिकारीमाथि मुद्दा लागेको थियो । जसमा पुबुदुलाईपनि अख्तियारले बयानका लागि बोलाएको थियो ।

त्यो बेला प्रशिक्षकले आफ्ना विरुद्ध बयान दिएको भन्दै क्यानका पदाधिकारी पुबुदुसँग निकै रुष्ट भएको थिए । पछि उनीहरुलाई आर्थिक हिनामिना गरेको भन्दै ठहर भयो र त्यसबेला क्यानका धेरै पदाधिकारीले पदबाट राजिनामा पनि दिएका थिए ।

विस्तारै पुबुदु नेपाल क्रिकेट संघविच असमझारीहरु बढ्न थाले, मार्च २०१४ मा पुबुदुलाई एक बर्षको नयाँ सम्झौता दिने बताइएको थियो, तर अन्तिममा तीन महिनाको मात्र सम्झौता क्यानले गर्यो । त्यो बेला क्यानले बोर्ड अख्तियारको अनुसन्धानमा रहेको भन्ने भनाई राखेको थियो ।
पुबुदु त्यो बेला चुप लागेर जुन ५ चार आफ्नो सम्झौता अवधि सकिएपछि नेपालबाट बाहिरीए ।

तर राष्ट्रिय खेलकुद परिषद्लाई क्रिकेट खेलाडीले आग्रह गरेपछि फेरी पुबुदुलाई एक बर्षको सम्झौता दिएर नेपाल बोलाइयो । अगष्ट २०१४ मा पुबुदु दोस्रो पटक प्रशिक्षकका रुपमा नेपाल आए ।
पुबुदु नेपाल आएको तीन महिनापछि टंक आङबुहाङको अध्यक्षतामा रहेको क्यानलाई सरकारले नै खारेज गरेर पूवृ अध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा दतर्थ समिती बनाएको थियो ।

पुबुदुले दोस्रो पटक पाएको सम्झौतालाई पुरा गरेर स्वदेश फर्किए । उनको नेपालका लागि अन्तिम खेल २०१५ मा पपुवा न्यूगिनी विरुद्धको थियो ।
नेपाली खेलाडीसँग राम्रो आत्मियता राखेका पुबुदु क्यानडा फर्किएपछि पनि उनले नेपाल क्रिकेटलाई माया गर्न भने छोडेनन् । आफु नेपाल हुँदा पुबुदुले विभिन्न खेलाडीलाई विदेशमा एक्पोजरका लागि पठाएका थिए, जसमा एमसीसीाम प्रशिक्षण गर्ने मौका दिलाउने, भारत, क्यानडामा पनि प्रशिक्षण र प्रतियोगिताका लागि पठाउने गरेका थिए । तर प्रशिक्षकबाट बाहिरीएपछि उनले नेपाली खेलाडीलाई क्यानडामा आफ्नो एकेडेमीमा प्रशिक्षकका रुममा राखे । अहिलेपनि नरेश बुढाऐर र महेश क्षेत्री क्यानडामा उनकै एकेडेमीमा प्रशिक्षकका रुपमा छन ।

Post Add 1025X115
Loading...