इटालीयन रेफ्रिमाथि हमला

0

इटालीयन रेफ्रि डानीली डी सान्टिस र उनकी श्रीमतीमाथि ज्यान लिने गरि हमला भएको छ । दुबै जनालाई उनको घरमा नै ज्यान लिनेगरि आक्रमण भएको हो ।

उनीहरुमाथि भएको त्यो सांघातिक आक्रमणले इटलीमा ठुलो चर्चाको विषय बनेको छ । सिरी सी मा निकै नाम चलेका रेफ्रिको सबैले सम्मान गर्ने गर्छन ।

उनी र उनको श्रीमतीमाथि आक्रमण गर्ने ब्यक्तिले हातमा चक्कु समातेर लखेटेको प्रत्यक्षदर्शीले बताएका छन । उनीहरुमाथि आक्रमण गर्नुको कारण भने प्रष्ट भएको छैन ।

उनीहरुको आक्रमणमा इटालीयन रेफ्रि संघले विज्ञेप्ती निकालेर निन्दा गरेको छ भने सान्टिसलाई पराक्रमी ब्यक्ति भनेको छ ।

Post Add 1025X115
Loading...