टाेकियाे ओलम्पिकमा जाने बिदेशी खेलाडी अनिवार्य क्वारेन्टिन बस्नु नपर्ने

0

अर्को बर्ष हुने टोकियो ओलम्पिकमा सहभागि हुने विदेशी खेलाडीले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने, तर उनीहरुलाई दुई साताको आइसोलेसनमा बस्न नपर्ने प्रस्ताव बुधबार सार्वजनिक भएको छ ।

टोकियो ओलम्पिक आयोजकले गरेको मापदण्डमा विदेशी खेलाडीले टोकियो पुगेपछि दुई साताको क्वारेन्टिन बस्न नपर्ने बताइएको छ । यस्तै जापनीज खेलाडीसँग विदेशी खेलाडी सबैले कोरोना परिक्षण गर्नुपर्ने भनिएको छ । उनीहरुलाई प्रशिक्षण स्थलमा जाँदा पनि कोरोना परिक्षण गर्नुपर्ने भनिएको छ ।

टोकियो ओलम्पिक आयोजक कमिटी, जापान सरकार र टोकियो महानगरले एकसाथ यो प्रस्ताव बनाएका हुन । कोरोना भाइरसका कारण विश्वमा करोडौ मानिस संक्रमित भएका छन । जसका प्रभाव अर्को बर्ष हुने टोकियो ओलम्पिकमा पनि पर्ने संभावना अझै कायमै छ ।

जापानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका सुगाले अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचसँग कुरा गर्दै २०२१ मो प्रतियोगिता सफल रुपमा आयोजना गर्ने बताएका थिए । साथै उनले खेलाडी र दर्शकलाई सुरक्षित तरिकाले खेल खेल्न र हेर्नका लागि वाताबरण बनाउने बचन दिएका थिए ।

जापानमा सुरुवातमा केहि भारी रुपमा कोरोना संक्रमण देखिएपनि विस्तारै नियन्त्रण गर्न सफल भएको थियो । जापानमा कुल ८० हजार संक्रमित भएकोमा १५ सयले ज्यान गुमाएका थिए ।

Post Add 1025X115
Loading...