स्वारेज भावुक हुँदै बार्सिलाेनाबाट टिमबाट बाहिरीए

0

उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले बार्सिलोना छोडेका छन । चिरप्रतिद्धन्द्धी क्लव एट्लेटिको मड्रिडमा अनुबन्ध हुने संघारमा रहेका स्वारेजले बुधबार आफ्ना क्लवका साथीसँग भावुक रुपमा विदाई बार्सिलोना क्लवबाट बाहिरीएका हुन ।

स्वारेजले सबै समकक्षीसँग विदाई मागेर क्लवबाट निस्किएका थिए । जस क्रममा उनी केहि भावुक पनि भएका थिए । उनी बार्सिलोना छोडेको केहि घण्टामा एट्लेटिको मड्रिडसँग सम्झौता गर्ने बताइएको छ ।

क्याम्प नोउ छोडेर एट्लेटिको गएका स्वारेजले सो क्लवसँग तीन दशमलव सात मिलियन पाउण्डको सम्झौता गर्ने बताइएको छ । ३३ बर्षे स्वारेज बार्सिलोनाका लागि धेरै गोल गर्ने तेस्रो खेलाडी हुन ।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका स्वारेजले दुई सय ८३ खेलमा एक सय ९७ गोल गरेका थिए । क्लवले उनको आधिकारीक विदाई गर्ने संकेत गरेको छ ।

एट्लेटिकोसँग उनले दुई सिजनका लागि सम्झौता गर्ने बताइएको छ । जसमा एट्लेटिकोले एक सिजनको मात्र तीन दशमलव सात मिलियन पाउण्डमात्र दिने बताइएको छ ।

युभेन्टस जाने चर्चा भएपनि अन्तिम समयमा प्रक्रिया नपुगेको भन्दै चुकेका स्वारेजलाई एट्लेटिको जानपनि बार्सिलोनाले अवरोध गरेको थियो । तर पछि उनले ला लिगा प्रतिद्धन्द्धी क्लवमा जान स्विकृती दिएको थियो ।

Post Add 1025X115
Loading...