मुख्य प्रशिक्षकसहित जीएमकाे आवेदनकाे मिति सकिदै, कसले पाउने हाेला जिम्मा ?

0

नेपाल क्रिकेट संघ क्यानले खुल्ला गरेको मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, लेखा प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानीय प्रशिक्षक (सात प्रदेश) का लागि आवेदनको मिती आज राती सकिदैछ ।

आइसीसीसँगको समन्वयपछि यो महिनाको सुरुवातमा खुल्ला गरेको आवेदनलाई सर्टलिष्ट गरिने भएको छ । त्यसपछि फेरी आइसीसीसँगको समन्वयपछि अन्तरवार्ताका लागि बोलाइने भएको छ । यसका लागि आइसीसीको समेतको सहभागितामा कमिटी बनाइने योजना रहेको छ ।

क्यानले नयाँ प्रशिक्षकसँगै जनरल म्यानेजर, फाइनान्स म्यानेजर र क्रिकेट ब्यवस्थापकमा योग्य ब्यक्ति आउने आशा रहेको बताएको छ ।

यो पटक क्यानले खुल्ला गरेको आवेदनमा मापदण्ड पुगेकाहरुको नजर जनरल म्यानेजरमा रहेको छ । यसका लागि बढि जनाको आवदेन परेको अनुमान गरिएको छ ।

असोजको अन्तिममा हुने साधारणसभा अगाडी सबै पदपुर्ति गरेर सो साधारण सभासँगै जिम्मेवारी हस्तान्तरण गर्ने क्यानको योजना छ ।

Post Add 1025X115
Loading...