युराेपियन बर्ष खेलाडीका लागि लेवान्दाेस्की, डी ब्रुइन र नुयर बिच प्रतिस्पर्धा हुने

0

युरोपियन फुटबल महासंघले सार्वजनिक गरेको बर्षको उत्कृष्ट खेलाडीको सूचीमा १० बर्षमा पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।

यूइएफएले सार्वजनिक गरेको सूचीमा यसपटक केभिन डी ब्रुइन र रोबेर्ट लेवान्दोस्की विच उपाधिका लागि प्रतिस्पर्धा हुने संंभावना देखिएको छ ।
हाल युभेन्टसबाट खेलिरहेका रोनाल्डोले यो उपाधि तीन पटक जितेका छन । जसमा उनी नौ पटकसम्म मनोनयनमा परेका थिए । यस्तै मेस्सीले यो उपाधि दुई पटक जित्दा पछिल्लो १० बर्षमा ६ पटक मनोनयनमा परेका थिए ।

तर उनीहरु अब करियरको उत्तरार्धमा लागि रहेका बेला उनको स्थान नयाँ खेलाडीले लिन थालेका छन । गत सिजनमा युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरीएको थियो । यस्तै बार्सलोना बार्यनसँग क्वाटरफाइनलमा पराजित भएको थियो ।

यो बर्षको युरोपियन अवार्डका लागि रोबर्ट लेवान्दोस्की एक दावेदार हुन । उनले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । जसमा उनले उपाधि पनि जितेका थिए । उनको प्रतिस्पर्धामा म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन र जर्मन गोलकिपर तथा बार्यनका मानुयल नुयरपनि रहेका छन ।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्डका लागि बार्यन म्युनिखका हान्स फ्लिक, लिभरपुलका जुर्गेन क्लोप र लाइपजिकका जुलियन विच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै उत्कृष्ट महिला खेलाडीका लागि हाल म्यानचेस्टर सिटीमा रहेकी लुसी ब्रोन्जी, चेल्सीकी पेरनिल हारदेर र लियोनबाट खेल्ने खेलाडी वेन्ड्ली रेनार्डविच प्रतिस्पर्धा हुने भएको छ ।

Post Add 1025X115
Loading...