अमेरीकी खेलाडी डेष्ट बार्सिलाेनामा अनुबन्ध

0

स्पेनीस क्लव बार्सिलोनाले अमेरीकी खेलाडी सेर्जिनो डेस्टलाई अनुबन्ध गर्ने भएको छ ।

आयाक्सबाट ब्यवसायीक फुटबल खेलिहरेका सेर्जिनोलाई बार्सिलोनाले २० मिलियन यूरोमा ल्याउने तयारी गरेको हो । दुबै क्लवविच सम्झौता भएको इस्पोर्टसले जनाएको छ ।

सम्झौता अनुसार २० मिलियन यूरो अनुबन्ध खर्च र थप पाँच मिलियन अरु खर्च जोडिने भएको छ । १९ बर्षे डेष्ट आयाक्सबाट सन् २०१२ बाट खेल्दै आएका छन । उनले अमेरीकी टिमबाट सन् २०१९ मा डेब्यु गरेका थिए ।

Post Add 1025X115
Loading...