भारतमा हुने यू-१७ विश्वकप सर्ने प्रबल सम्भावना

0

कोरोना भाइरसका कारण भारतमा हुने यू १७ महिला विश्वकप सर्ने संभावना प्रबल बनेको छ ।

नोभम्बर २०२० मा हुने भनिएको यो प्रतियोगिता २०२१ मा सर्ने संभावना रहेको बताइएको छ । फिफाले पछिल्लो पटक आफ्ना प्रतियोगिता एकपछि अर्को गरेर सारेका कारण पनि यू १७ महिला विश्वकप २०२१ को फेब्रेवरी र मार्चसम्म सर्ने संभावना बढेको छ ।

यो विश्वकपका लागि छनोट चरणका खेलहरु अझै हुन बाँकी रहेका छन । नियमित तालिका अनुसार प्रतियोगिता आउन चार महिनामात्र बाँकी रहेका बेला पुरै तयारी गर्न कठिन रहेको फिफाको भनाई छ ।

फिफाले चाँडै नै आयोजकसँग भेटेर यो विषयमा छलफल गर्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निचोड निकाल्ने बताएको छ । त्यो छलफलमा विशेष गरि प्रतियोगिता फेब्रेवरीमा गर्नका लागि जोड दिइने योजना फिफाको छ ।

भारत पनि विश्वकप बन्द रंगशालामा गर्न चाहने पक्षमा नभएको द गोलले बताएको छ । यो विश्वकपका लागि अफ्रिकन, उत्तरी र सेन्ट्रल अमेरीकन, दक्षिणी अमेरीकी देशले छनोट चरण गरेका छैनन् । यस्तैमा युरोपियन देशले यो विश्वकपका लागि छनोट चरणका खेल स्थगित गरेका छन ।

Post Add 1025X115
Loading...