बार्सिलाेनाकाे साेमिडाे उल्भ्समा अनुबन्ध

0

इंग्लिस क्लव उल्भरह्याम्टनले बार्सिलोनाका डिफेन्डर नेल्सोन सोमिडोलाई अनुबन्ध गरेको छ । नयाँ सिजन सुरु भइसकेको अवस्थामा उल्भ्सले बार्साका डिफेन्डर सोमिडोलाई ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

सोमिडोले उल्भ्सका लागि बार्सिलोना छोडेका छन । उनले उल्भ्ससँग ३ वर्षको सम्झौता गरेका छन् । उल्भ्सले आफ्नो आधिकारीक ट्विटरमा सोमिडोलाई अनुबन्ध गरेको जनाएको छ ।

सोमिडोले अरु विकल्प हुँदाहुँदै उल्भ्समा आउनुको कारण टिम राम्रो भएको बताएका छन । गत बर्ष उल्भ्सका लागि राम्रो सिजन रहेको बताउँदै उनले यो बर्षपनि अझ राम्रो हुने विश्वास रहेको बताए ।

सोमिडोलाई भित्र्याएसँगै उल्भ्सले यो सिजनमा कुल खर्च ८४ मिलियन पाउण्ड पुर्याएको छ ।

Post Add 1025X115
Loading...