युएस ओपन विजेता बियान्काले फ्रेन्च ओपन नखेल्ने

0

चोटका कारण बियान्का एन्द्रेस्कुले फ्रेन्च ओपन टेनिस प्रतियोगिता नखेल्ने भएकी छिन । घुँडाको चोटका कारण गत अक्टोबरबाट मैदान बाहिर रहेकी उनले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी हुन ।

सन् २०१९ को यूएस ओपन विजेता बियान्का गत अक्टोबरमा भएको डब्लुटीए फाइनलमा चोटग्रस्त भएकी थिइन । जसका कारण उनले त्यसपछि कुनैपनि खेल खेलेकी छैनन् ।

अब उनले २०२१ मा आफुलाई ब्यस्त बनाउने उद्देश्यले यो बर्षको फ्रेन्च ओपन नखेल्ने बताएकी हुन ।

विश्व बरियतामा सातौं स्थानमा रहेकी उनले यो बर्षको बाँकी सिजनपनि गुमाउने भएकी छिन । उनले बाँकी समयमा पनि आफ्ना स्वास्थ्यमा ध्यान दिने बताइन

Post Add 1025X115
Loading...