पारसलाई टोयोटा गाडी उपलब्ध गराउने, ललितको उपचारका लागि सहयोग गर्ने

0

 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन् २०१४ आइसीसी टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेवाफत दिने भनेको टोयोटा गाडी प्रदान गर्नका लागि पहल गर्ने भएको छ ।

क्यानको कार्यसमितीको बैठकले युनाइटेड ट्रेडबाट पाउने सो गाडीको कर छुटका लागि राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र सरकारलाई पत्रचार गर्ने भएको छ ।

टी २० विश्वकपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका खड्कालाई त्यो बेला नै टोयोटा गाडी दिने घोषणा गरेको थियो । तर विचमा क्यान निलम्बन हुँदा त्यतिकै रहेको थियो ।

यसका साथै क्यानले हाल ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललित भण्डारीकालागि आवश्यक सहयोग गर्ने बताएको छ । ललितको दुर्घटनामा पर्दा गाडीवाला, अस्पताल र पुलिसको खेलाडी भएका नाताले सबैलाई एकजुट गर्न आवश्यक पहल कदमी गर्ने र परेको सहयोग गर्ने निर्णय गरेको छ ।

 

Post Add 1025X115
Loading...