भिडाल इन्टरमा अनुबन्धित

0

चिलीयन खेलाडी अर्टुरो भिडाल आधिकारीक रुपमा इन्टर मिलानमा अनुबन्ध भएका छन ।

एन्टोनीया कोन्टेको प्रशिक्षणमा खेल्न तयार रहेका भिडालले इन्टरसँग दुई बर्षको सम्झौता गरेका छन । करियरमा यसअघि नै युभेन्टसबाट खेलेर चार पटक सिरी ए को उपाधि जितिसकेका भिडाल फेरी सोहि लिगमा गएका हुन ।

भिडाल इन्टरमा गएपछि बार्सिलोनाले एक मिलियन युरो आम्दानी गर्ने भएको छ ।

दुई बर्ष बार्सिलोनामा विताएका भिडालले ९६ खेल खेल्दा ११ गोल गरेका थिए । जसमा उनले एक पटक लालिगा, एक पटक सुपर कपका उपाधि जितेका थिए ।

३३ बर्षे भिडाललाई नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले विक्रि गर्ने सूचीमा राखेका थिए ।

Post Add 1025X115
Loading...