इटालीयन पुलिसद्वारा स्वारेजमाथि अनुसन्धान सुरू

0

इटालीयन पुलिसले लुइस स्वारेजमाथि अनुसन्धान सुरु गरेको छ । उनले इटालीयन पासपोर्ट पाउनका लागि दिएको परिक्षामा चिट गरेको हो की होईन भनेर अनुसन्धान सुरु गरेको हो ।

गत साता युभेन्टस जाने संभावना भएका बेला स्वारेज इटालीको नागरिकता पाउनका लागि परिक्षा दिन त्यहा गएका थिए । उनले सो परिक्षा पास गरेका छन ।

तर उनी युभेन्टसमा जाने संभावना भने समाप्त भएको छ । किनकी उनले आफ्ना सबै पेपरहरु समयमा नै नबुझाएको बताइएको छ ।

अब स्वारेजको परिक्षाका विषयमा इटालीयन पुलिसले अनुसन्धान सुरु गर्ने भएको हो ।

पुलिसका अनुसार स्वारेजलाई परिक्षा दिनु भन्दा अगाडीनै विषयबस्तुका बारेमा जानकारी भएको भन्नेमा शंका लागेको छ । किनकी स्वारेजलाई इटालीयन भाषाको निकै थोरै मात्र ज्ञान रहेको बताइएको छ ।

स्वारेजको केहि शब्दहरुको रेकर्डिङ सार्वजनिक गर्दा त्यसमा शंका गर्ने ठाँउ रहेको बताइएको छ । पुलिसले उनका बारेमा सबै जानकारी लिन सुरु गरिसकेको छ ।

Post Add 1025X115
Loading...