अमेरीकी क्रिकेटर अली आइपीएलमा कसरी छनाेट भए ? ब्राभाेसँगकाे अचम्मकाे कनेक्सन !

0

सन् २०१८ को डिसेम्बरमा अली खानले आफ्नो जन्म दिन मनाएका थिए । त्यसका पाँच दिनपछि अली आफ्ना साथीहरुसँग फ्लोरिडा मानसोन जसलाई क्रिकेटप्लेक्स रिसोर्ट पनि भनेर चिनिन्छ, त्यहाँ बसिहरेका थिए । अली र उनका तीन जना साथी, माक कुरेसी, स्वान कुरेसी र पूर्व पाकिस्तानी टेष्ट ब्याट्सम्यान फैसल इक्बाल जयपुरमा भएको इन्डियन प्रिमियर लिगको अक्सन हेरिरहेका थिए । ठुलो टेलिभिजनमा विहान पाँच बजे नै उठेर उनीहरुले आइपीएल अक्सन हेरीरहेका थिए ।

करिव चार घण्टा कुरेर आइपीएलका अक्सनमा आफ्नो कुरिरहेका अलीका लागि २९ सेकेण्डमा उत्साह निराशामा परिवर्तन भयो । आइपीएलको अक्सनमा उनको नाम त आयो, तर २९ सेकेण्डमा नै उनी अनसोल्ड भए ।

त्यो बेला उनी निकै दुखी भएका थिए । आठ हजार चार सय २० माइल्सको यात्रा गर्ने चाहना उनका लागि असम्भव बन्यो । उनी भन्छन, अक्सनमा नाम विक्रि नहुँदा निकै दुखी भएको थिए, आफु बसेको कोठमाबाट बाहिर निस्किएर निकै आत्तिए जस्तो भए ।

तर उनका साथी माक कुरेसीले उनलाई यो सुरुवात हो भनेर सम्झाए, क्रिकेटप्लेक्स रिसोर्टका मालिक समेत रहेका माकले नै अमेरीकामा यूएस ओपन टी २० क्रिकेट प्रतियोगिताको आयोजना गरे । हरेक डिसेम्बरमा हुने त्यो प्रतियोगितामा यूएस अल स्टार टिमलाई सहभागिता गराइएको थियो । त्यो टिमबाट अलीले सन् २०१३ बाट खेलिरहेका थए । तर त्यो बेला २०१७ को समय थियो । त्यो बर्ष कुरेसीले ड्वायन ब्राभोलाई यूएस अल स्टार टिमबाट प्रतियोगिता खेल्न बोलाए ।

त्यो प्रतियोगितामा अलीको बलिङको तरिका देखेर ब्राभो निकै प्रभावित भए । त्यसपछि अलीलाई ब्राभोले नै २०१८ को ग्लोबल टी २० क्यानडामा नाम दर्ता गराउने भने । त्यसमा उनी सफल भए । त्यसपछि ब्राभोले अलीलाई क्यारेवियन प्रिमियर लिगमा लिनका लागि ट्रिनबागो नाइट राइडर्सको ब्यवस्थापन टिमलाई आग्रह गरे । उनी छनोट पनि भए ।

यो बर्षको सीपीएलमा खानले नाइट राइडर्सलाई उपाधि दिलाउन उनले ठुलो योगदान गरेका थिए । उनले प्रतियोगितामा कुल १६ विकेट लिएका थिए । हुनत अली २०१६ बाट नै सीपीएलमा थिए, त्यो बेला गुएना वारियर्सबाट खेलेका उनले दुई बर्षमा एक पटकमात्र खेल्न पाएका थिए ।
तर टिकेआरमा आएपछि उनको भाग्य नै चम्कियो । ब्राभोले उनको क्षमतामा विश्वास गरेर उनलाई ब्यवसायिक क्रिकेटमा ठुलो सहयोग गरे । उनी भित्रको रहेको आत्मविश्वासलाई बाहिर ल्याउनेकाम ब्राभोले गरे । दुई साता अगाडी सीपीएलको उपाधि नाइटराइडर्सले जित्दा अलीले सुरुवाती चार खेल गुमाएका थिए ।

तर जब उनी टिममा परे उनले आफ्नो क्षमता सबैका अगाडी देखाए । नेपाली खेलाडी सन्दिप लामिछानेको टिम जमैका तलावाजविरुद्धको सेमिफाइनल खेलमा अलीको प्रदर्शनले पुरै टिम चकित परेको थियो ।

प्रतियोगिताको उपाधि जितेर सबै डिनरका लागि बसिरहेका थिए, त्यहि बेला नाइट राइडर्सका प्रशिक्षक ब्रेन्डोन म्याक्कुलमले सबैका अगाडी अमेरीकी एक खेलाडी आइपीएलका लागि कोलकातामा छनोट भएका छन ।

त्यो सुनेर आफु निकै भावुक भएका थिए । आफ्नो छेवैमा ब्राभोपनि थिए । उनले बधाई दिएर अंकमाल गरे । ब्राभोको साथले गर्दा पाएको सफलतालाई तल हुन नदिने भन्दै बचन दिए ।

दुई बर्ष अगाडी अक्सनमा छनोट भएका अलीलाई नाइट राइडर्सले क्षमता देखेर सोझै टिममा लग्यो, जुन उनका लागि पनि निकै ठुलो सफलता थियो । आइपीएलको अक्सनमा नपर्दा झण्डै क्रिकेट छोड्ने मनसायमा पुगेका अली अब यूएईको मैदानमा उत्रने तयारीमा छन ।

सीपीएल जितेको २४ घण्टामा नै अली नाइट राइडर्सको टिमसँगै नौ सिटे निजी विमानमा यूएईका लागि उडेका थिए । उनीसँगै त्यो बेला उनका मेन्टर जस्तै बनेका ब्राभो पनि थिए ।

पहिलो पटक आइपीएल खेल्ने तयारीमा रहेका अलीले हात पारेको त्यो सफलत सुरुवात मात्र रहेको बताइएको छ ।

पिटर डेल पेनाकाे लेखबाट रूपान्तरण गरिएकाे

Post Add 1025X115
Loading...