बेलकाे टाेटनह्याम बसाई अरू लम्बिने संभावना

0

रियाल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका वेल्स स्टार ग्यारेथ बेलले आफ्नो टोटनह्याम बसाई लम्बिन सक्ने संकेत गरेका छन ।

पुरानो क्लवमा फेरी खेल्न आउँदा निकै हौसिएका बेलका एजेन्टले उनी टोटनह्याममा एक सिजन भन्दा बढि बस्ने सक्ने बताएका छन । गत साता लोनमा आएका बेलका एजेन्टले भविष्यमा उनको टोटनह्याम बसाई लम्बिन सक्ने बताएका हुन ।

बेलले रियालमा आफ्नो भविष्य नभएको र अहिलेका प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध राम्रो नभएको बताएका छन । बेलले टोटनह्यामलाई निकै मनपराउने र यो क्लबाट लामो समय खेल्न चाहेको बताए ।

यदि सबै कुरा मिलेमा उनले आफ्नो बसाई लम्ब्याउने पक्का रहेको एजेन्ट जोनाथन बेर्नाटले बताए ।

रियालमा प्रशिक्षकसँगको सम्बन्धका कारण पछिल्लो केहि सिजनमा राम्रो गर्न सकेका थिएनन् । रियलमा हुँदा १३ वटा उपाधि जितेपनि उनले मनबाट क्लवमा बस्न सकेका थिएनन् ।

ला लिगाको इतिहासमा धेरै गोल गर्ने बेलायती खेलाडी बनेका बेलले एक सय ७१ खेलमा ८० गोल गरेका थिए ।

Post Add 1025X115
Loading...