राेहित इन्डाेनेसिया उडे

0

कोरोना भाइरसका कारण इन्डोनेसियामा लिग स्थगित भएपछि स्वदेश फर्किएका राष्ट्रिय फुटबलर रोहित चन्द जाकार्ता प्रस्थान गरेका छन । करीव तीन महिना नेपालमा बसेका राेहित मलेसिया हुँदै इन्डाेनेसिया जानेछन ।

पर्सिजाबाट ब्यवसायीक फुटबल खेलिरहेका रोहितले खेल्ने लिग अक्टाेबर एक तारिखबाट सुरू हुनेछ । काेराेनाकाे महामारीका कारण स्थगित भएकाे लिग फेरी सुरू हुँदा केहि परिवर्तन हुने देखिएकाे छ ।

रोहित जाकार्ता पुगेपछि दुई साता आइसोलेसनमा बस्नेछन । त्यसपछि परिक्षण गरेर टिमको प्रशिक्षणमा सामेल हुनेछन ।

इन्डोनेसियन लिग वन कहिले हुन्छ भन्ने अझै एकिन भएको छैन । जसका कारण उनी अक्टोबरबाट हुने संभावित तालिका रहेकाले रोहित अहिले नै इन्डोनेसिया जान लागेका हुन ।

पर्सिजा टिमका अरु खेलाडी प्रशिक्षणमा जुटिसकेको बताइएको छ ।

Post Add 1025X115
Loading...