युभेन्टससँगकाे सम्झाैताका लागि माेराटा इटली पुगे

0

युभेन्टससँगको सम्झौताका लागि अल्भारो मोराटा इटली पुगेका छन । पूर्व क्लवसँग फेरी सम्झौताका लागि मोराटा इटली पुगेका हुन ।

सन् २०१६ मा युभेन्टसबाट रियाल मड्रिडमा अनुबन्ध भएका मोराटाले खासै राम्रो गर्न सकेनन् । जसका कारण उनी एक सिजनका लागि एट्लेटिको मड्रिडमा गएका थिए ।

एट्लेटिकोसँगको सम्झौता सकिएपछि फेरी युभेन्टस फर्किन तयार भएका हुन । मोराटालाई युभेन्टसले यो सिजनको अन्तिममा अनुबन्ध गर्ने विकल्प पनि रहेको हो ।

२७ बर्षे मोराटाले २०१९ र २० को सिजनमा एट्लेटिकोबाट १२ गोल गर्नुका साथै दुई एसिस्ट गरेका थिए । त्यसपछि उनी चेल्सीमा पनि लोनमा गएका थिए । तर चेल्सीमा उनले खासै राम्रो गर्न सकेनन् । रियाल र एट्लेटिकोबाट उनले कुल ११२ खेल खेल्दा ४३ गोल गरेका थिए ।

पछिल्लो दुई बर्षमा उनले १५ गोल गरेका थिए । मोराटा युभेन्टस गएपछि उनको स्थानमा एट्लेटिकोले लुइस स्वारेजलाई ल्याउने तयारी गरेको छ । तर आफ्नो प्रतिद्धन्द्धी क्लवमा स्वारेजलाई जान दिन पक्षमा बार्सिलोना रहेको छैन । जसका कारण उनलाई त्यहाँ जानका लागि अवरोध सिर्जन गरिरहेको बताइएको छ ।

Post Add 1025X115
Loading...