च्याम्पियन्स लिगमा मेस्सीले गाेल गर्न नसकेका ५ क्लव

0

विश्वका उत्कृष्ट खेलाडीको सूचीका जहिलेपनि शिर्ष स्थानमा रहेका लियोनल मेस्सीले आफ्नो करियरमा ४२ वटा टिमसँग खेलेका छन । त्यसमा ३७ टिमविरुद्ध उनले गोल गर्न सफल भएका छन ।

यो कुरा हो युरोपियन च्याम्पियनस लिगमा । बार्सिलोनामा दुई दशक विताएका मेस्सीले च्याम्पियन्स लिगमा अहिलेसम्म ४२ फरक फरक विपक्षी टिमसँग खेलेका छन ।

अघिल्लो सिजनमा नापोलीविरुद्ध गोल गर्दै उनले नयाँ रेकर्ड बनाएका थिए, त्यो थियो, च्याम्पियन्स लिगमा ३७ औं बिपक्षीसँग गोल गर्नु । तर उनले अहिलेसम्म च्याम्पियन्स लिगमा गोल गर्न नसकेका पाँच विपक्षी टिम को को हुन त, आज हामी त्यो विषयमा चर्चा गर्नेछौ ।

च्याम्पियन्स लिगमा मेस्सीले गोल गर्न नसकेका टिमहरुमा एउटा हो

एट्लेटिको मड्रिड

स्पेनीस क्लव मड्रिडविरुद्ध मेस्सीले ला लिगामा गोल गरेपनि च्याम्पियन्स लिगमा गो गोल गर्न सकेका छैनन् । सन् २०१४ देखि २०१६ को च्याम्पियन्स लिगमा चार खेल खेल्दा मेस्सीले गोल गर्न सकेका छैनन् ।

मेस्सीलाई रोक्नका लागि एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोन सफल पनि भएका छन ।

इन्टर मिलान

इटालियन क्लव इन्टर मिलानले पनि च्याम्पियन्स लिगमा मेस्सीलाई रोक्न सफल भएको छ । इन्टरविरुद्ध खेलेको समुह चरणमा होस या नकआउट चरणमा मेस्सीले गोल गर्न सकेका छैनन् ।

यसका साथै मेस्सीले तीन सय ६० मिनेटसम्म इन्टरविरुद्ध गोल गर्न सकेको छैन ।

बेनफिका

पोर्चुगिज क्लव विनफिका विरुद्धपनि मेस्सीले गोल गर्न सकेका छैनन् । एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको बेनफिकाले मेस्सीबाट गोल खाएको छैन ।

बार्सिलोना र बेनफिका सन् २०१२ मा दुई पटक खेलेका थिए । दुबै पटक मेस्सीले गोल गर्न सकेनन् ।

उड्सिनी

सन् २००५ र २००६ को च्याम्पियन्स लिगमा बार्सिलोना र उड्सिनी एकै समुहमा रहेका थिए । पहिलो लेगमा रोनाल्डिन्होले ह्याट्रिक गरेका थिए भने दोस्रो लेगमा मेस्सी बेन्चमा रहेका थिए ।

रुबेन कजान

बार्सिलोना र रुबेन कजान च्याम्पियन्स लिगमा दुई पटक एकै समुहमा रहेका थिए । जसमा सन् २००९ र १० को सिजनमा तथा २०१० र ११ को सिजमा एकै समुहमा रहेका थिए ।

त्यो बेला चार खेलमा बार्सिलोनाले एक जित, दुई बराबरी र एक हार ब्यहोरेको थियो । चार वटै खेलमा मेस्सीले गोल गर्न सकेनन् ।

Post Add 1025X115
Loading...