इटालीयन ओपन टेनिसको उपाधि हालेपले जितिन

0

इटालीयन ओपन टेनिसको महिला तर्फको उपाधि सिमोना हालेपले जितेकी छिन ।

फाइनलमा कारोलिना पिल्सकोभाले चोटका कारण खेल छोडेपछि हालेपले पहिलो पटक इटालीयन ओपनको उपाधि जितेकी हुन ।

खेलको बिचमा नै कारोलिनाले चोटका कारण खेल छोडेकी थिइन । पहिलो सेटमा सिमोना ६–० ले विजयी भएकी थिइन भने दोस्रो सेटमा २–१ ले अगाडी थिइन ।

पहिलो सेटमा २० मिनेटमा सकिएको थियो । खेलका बेला उनले उपचारको समय पनि लिएकी थिइन ।

सन् २०१८ मा फ्रेन्च ओपनको उपाधि जितेकी हालेपले यो बर्ष लगातार जितको संख्या १४ पुर्याएको छ ।

आइतबारबाट सुरु हुने फ्रेन्च ओपनमा हालेपले खेल्ने भएकी छिन ।

Post Add 1025X115
Loading...