मानपदवीले खेलाडीकाे अपमान : राखेप कर्मचारी संघ

0

सरकारले संविधान दिवसको अबसरमा घोषणा गरेको विभिन्न मानपदवी र अलंकारले खेलाडीहरुको अपमान भएको राष्ट्रिय खेलकुद परिषद् राखेप कर्मचारी संघले टिप्पणी गरेको छ ।

कर्मचारी संघका अध्यक्ष रन्जन थापाले सोमबार विज्ञप्ति जारी गरी समान योगदान गर्ने खेलाडीहरु माथि राज्यले दिइने सम्मान पदकमा समेत भेदभाव गरि कसैले पाउने कसैले नपाउने विभेदसहित पक्षपात पूर्ण व्यवहार दुःख लाग्दो विषय भएको जनाएका छन् ।

यो कार्यले समग्र खेलाडी माथि अपमान भएको छ र खेलाडीको भावनामाथि नै चोट पुगेको जनाइएको छ ।

Post Add 1025X115
Loading...