जाेकाेभिच फाइनलमा

0

विश्व नम्बर एक खेलाडी नोभक जोकोभिच इटालीयन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

चार पटकका च्याम्पियन सर्बियन खेलाडी जोकोभिचले क्यास्पर रुडमाथि दुइ सेटको सहज जित हात पारेका हुन् । उनले पहिलो सेट सात पाँचले जित्दा दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा बनाएका हुन् ।

रोममा भएको सो सेमीफाइनल एक हजार जना दर्शकले प्याराफिटमा बसेर हेरेका थिए । अब फाइनल खेलमा उनले अर्जेन्टाइन खेलाडी डियगो स्कर्जमनसँग प्रतिस्पर्धा गर्नेछन् ।

स्कर्जमनले क्यानेडियन खेलाडी डेनिस साफोभलोभलाई तीन सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन् । युएस ओपनमा अयोग्य ठहरिएपछि सर्बियन खेलाडीको यो पहिलो ग्रान्ड मास्टर्स फाइनल हो ।

Post Add 1025X115
Loading...