दिल्लीलाई अर्को चिन्ता, आश्विन पनि गम्भीर घाइते

0

काठमाडौं । आईपीएल क्रिकेटको यो सिजनको उपाधि दावेदार मानिएको दिल्ली क्यापिटल्सलाई फेरि चिन्ता थपिएको छ । खेल शुरुनहुँदै इशान्त शर्मा घाइते भएर तनावमा परेको दिल्लीलाई खेल शुरु भएपछि स्पिनर रविचन्द्रन आश्विन पनि घाइते भएका छन् ।

जसका कारण दिल्लीको बलिङ लाइनअपमा समस्या आउने देखिन्छ । किंग्स इलाभेन पञ्जावविरुद्ध सुपर ओभरमा जित दर्ता गर्दै प्रतियोगिता शुरु गरेको दिल्लीको सोही खेलमा आश्विन घाइते भएका हुन् ।

उक्त खेलमा जम्मा एक ओभर वलिङ गरेका आश्विनले महत्वपूर्ण २ विकेट लए । घाइते भएपछि बाँकी ओभर बलिङ नै गर्न सकेनन् ।
आश्विन छैटौं ओभरमा बलिङ गर्न आएका थिए । पहिलो बलमै उनले पञ्जावका करुण नायरलाई पृथ्वी शाको हातबाट क्याच गराउँदै पभेलियन फर्काए ।

आश्विनले सोही ओभरको पाँचौं बलमा पञ्जावका निकोलस पुरनलाई बोल्ड आउट गरे । उनले पहिलो ओभरमै २ विकेट लएिर शनसनी मच्चाएका थिए । तर, अन्तिम बलमा एक रन खोज्दा आश्विन घाइते भएका हुन् ।

जसका कारण उनी इनिङ्स भर मैदान देखिएनन् । दिल्लीका फिजियो पेट्रिक फरहाटले उनलाई मैदान बाहिर लगेका थिए । उनी घाइते भएकाले आगामी खेलबाट पनि बाहिर हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Post Add 1025X115
Loading...