प्रिमियर लिगमा ब्राइटनको पहिलो जीत

0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जीत दर्ता गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनका जितमा निल मौपेले २ गोल गर्र्दा आरोन एन्थोनीले एक गोल थपे । चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । सातौं मिनेटमा मौपेले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ब्राइटनले दोस्रो हाफमा १ गोल थपेको थियो ।

८३ औं मिनेटमा आरोन एन्थोनीले गोल गरेपछि ब्राइटन तीन सून्यले अघि बढ्यो । तर, ८९ औं मिनेटमा ब्राइटनका एभेसले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पछि अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा भने न्युक्यासलले उठाउन सकेन । नतिजासँगै ब्राइटनले पहिलो जित दर्ता गर्दा न्युक्यासलले पनि पहिलो हार व्यहोरोको छ ।

Post Add 1025X115
Loading...