पीएसजीको लगातार दोस्रो जीत

0

फ्रेन्च लिग लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । पीएसजीको यो लगातार दोस्रो जीत हो । आइतबार भएको खेलमा पीएसजीले ओजीसी निसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, एन्जल डी मारिया र मार्कस कोरेराले एक एक गोल गरेका थिए ।

३८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए । निसका थुरामले एमबाप्पेलाई फल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी मार्फत एम्बाप्पेले सहजै गोल गरे । कोरोनाका कारण यसअघिका खेल गुमाएका एम्बाप्पेले आफ्नो सिजनको पहिलो खेलमा गोल गर्न सफल भए ।

पहिलो हाफको अतिरिक्त समयमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा एक गोल थपेको थियो । मार्कस कोरेराले ६६ औं मिनेटमा गोल गरेपछि पीएसजीले सहजै ३–० को जीत दर्ता गर्न सफल भयो ।

Post Add 1025X115
Loading...