साउथ ह्याम्पटनको पोस्टमा सनको चार गोल

0

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्स्परले साउथ ह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको छ । टोटनह्यामको जीतमा सन हिंउङ मिनेटले चार गोल गरे ।

एक गोलले पछि परेको टोटनह्यामले कमब्याक गर्दै जित दर्ता गरेको हो । ३२ औं मिनेटमा डेनियल विलियमले गोल गर्दै साउथ ह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त सयमा हेरिकेनको पासमा सनले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएकोमा दोस्रो हाफमा बाँकी गोल भएको थियो । टोटनह्यामका लागि चार गोलमा हेरि केनले सहयोग गर्दा पाँचौं गोल भने उनको व्यक्तिगत गोलको रुपमा दर्ज भयो ।

४७ औं र ६४ औं मिनेटमा लगातार दुई गोल गर्दै सनले ह्याट्रिक पुरा गरे । ७३ औं मिनेटमा सनले व्यक्तिगत चौथो गोल गर्दा टोटनह्याम ४–१ ले अघि बढेको थियो । ८२ औं मिनेटमा भने हेरि केनले व्यक्तिगत पहिलो गोल गर्दा टिम भने ५–१ ले अघि बढ्यो । ९० औं मिनेटमा डेनियलले पेनाल्टी मार्फत गोल गर्दै अन्तर ५–२ मा झारेपनि हार भने टार्न सकेनन् ।

Post Add 1025X115
Loading...