दिल्लीलाई पहिल्यै झड्का, इशान्त शर्मा गम्भीर घाइते

0

काठमाडौं । आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जावसँगको प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार यो खेल राति पौने ८ बजे शुरुहुने छ ।

तर, पहिलो खेल अगावै सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सलाई झड्का लागेको छ । दिल्लीका तीव्र गतिका बलर इशान्त शर्मा गम्भीर घाइते भएका छन् । जसका कारण उनी आईपीएल खेल्ने सम्भावना न्यून रहेको जनाइएको छ । अभ्यासका क्रममा शर्मा घाइते भएका हुन् ।

इशान्तले पछिल्लो सिजन दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेकाले यो सिजन पनि उनको भरमा दिल्ली रहेको छ । तर, दिल्लीले इशान्तको विषयमा कुनै अपडेट भने गरेको छैन ।

Post Add 1025X115
Loading...