फ्रेन्च लिग वान फुटबलमा पीएसजीको खेल आज

0

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा आज सात वटा खेल हुँदैछन् । नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे नाइस र पीएसजी भिड्ने छन् । यस्तै ब्रेस्ट र लोरियन्टबीचको खेल पौने ७ बजे हुने छ । सोही समयमा अरु तीन वटा खेल पनि हुने छन् ।

जसमा मेट्ज र रेमिस तथा मोन्टपिलर र एंगरर्स भिड्ने छन् । यस्तै, स्टार्सवर्ग र डिजोनको खेल पनि पौने सात बजे नै हुने छ । नान्टेस र सेन्ट इटाइनको खेल भने पौने ९ बजे हुने छ । यस्तै ओलम्पिक मार्सिले र लिलिबीचको खेल भने राति पौने १ बजे हुने छ ।

Post Add 1025X115
Loading...