बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको सुखद् शुरुवात

0

जर्मन वुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमन्ड विजयी भएको छ । गयराति भएको खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पारजित गरेको हो ।

डर्टमन्डको जीतमा अर्लिङ हालाण्डले २ गोल गर्दा जियोभानी रेइनाले एक गोल थपेका थिए ।

३५ औं मिनेटमा रेइनाले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । हालाण्डले पेनाल्टी मार्फत गोल गरेपछि डर्टमन्डले अग्रता दोब्बर बनायो । ७७ औं मिनेटमा उनै हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमन्डले लिगको पहिलो खेलमै जित दर्ता गर्न सफल भयो ।

Post Add 1025X115
Loading...