प्रिमियर लिगमा हारबाट म्यानचेस्टर युनाईटेडको यात्रा शुरु

0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गयराति भएको खेलमा युनाइटेड क्रिष्टल प्यालेसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

Advertisement

एन्ड्रोस टाउनसेन्डले गोल गर्दै क्रिष्टललाई सातौं मिनेटमा अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको क्रिष्टलले दोस्रो हाफमा २ गोल थप्दा एक गोल खाएको थियो ।
७४ औं मिनेटमा विलफर्ड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिष्टलको अग्रता दोब्बर बनाए ।

८० औं मिनेटमा डोनी भान डि विकले गोल गरेपछि युनाइटेडले अग्रता २–१ मा झारेको थियो ।
८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेडले हारबाट प्रिमियर लिगको यात्रा शुरु गर्न बाध्य बन्यो ।

प्रिमियर लिगमा आर्सनलले भने लगातार दाेस्राे जित दर्ता गरेकाे छ । आर्सनलले वेस्टह्याम युनाइटेडलाई २-१ गाेल अन्तरले पराजित गरेकाे हाे ।

Post Add 1025X115
Loading...