आईपीएलमा चेन्नाईको विजयी शुरुआत, मुम्बई ५ विकेटले पराजित

0

काठमाडौं । आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी शुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गरेको हो । कोरोना महामारीका कारण युएईमा शुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरव तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डि कक ३२ रनमा पभेलियन फर्किएका थिए । केरोन पोलार्ड १८ तथा सूर्य कुमार यादव १७ रनमा आउट भए । कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट भएका थिए ।
चेन्नाईका लागि लुंगि एनगिडीले तीन विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले दुई दुई विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नाईको शुरुआत भने राम्रो हुन सकेन । ओपनिङ ब्याट्सम्यान मुरली विजय १ तथा सेन वाट्सन ६ रन बनाएर आउट भएपछि दवावमा आएको थियो । त्यसपछि अम्बाती रायडू र फाफ डू प्लेसिसकाबीचमा ११५ रनको साझेदारी भएपछि चेन्नाई खेलमा फर्किएको थियो । रायडू ७१ रन बनाएर पभेलियन फर्किएका थिए । त्यसपछि रविन्द्र जडेजा पनि व्यक्तिगत ११ रन बनाएर आउट भए ।
क्रिजमा रहेका प्लेसिसले अर्धशतक पुरा गरेका थिए । प्लेसिस ५५ रनमा नटआउट रहे ।

Post Add 1025X115
Loading...