स्पेनिस ला लिगामा भिल्लारियल विजयी

0

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी भएको छ । शनिबार भएको खेलमा भिल्लारियलले इबारलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै तीन गोल दोस्रो हाफमा भएका हुन् ।

किकेले ५० औं मिनेटमा गोल गर्दै इबारलाई शुरुआती अग्रता दिलाएका थिए । जेराड मोरेनोले गोल गर्दै ६२ औं मिनेटमा भिल्लारियललाई बराबरीमा ल्याएका थिए ।

फ्रान्सिको एलेसियरले ७१ औं मिनेटमा गोल गरेपछि भिल्लारियल २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल नभएपछि भिल्लारियल २–१ गोल अतरले विजयी हुन पुग्इो ।

Post Add 1025X115
Loading...