प्रिमियर लिगमा लिड्सको पहिलो जीत, कोस्टाले गरे २ गोल

0

इंग्लिस प्रिमियर लिग फुटबलमा यसै सिजन बढुवा भएको लिड्स क्लबले पहिलो जीत दर्ता गरेको छ ।

यसअघि पहिलो खेलमा लिभरपुलसँग उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भएको लिड्स युनाइटेडले फुलह्यामलाई ४–३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको छ । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई शुरुआती अग्रता दिलाएका थिए ।

एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा फुलह्यामलाई बराबरीमा ल्याएका थिए ।

मेटस किट्ल्जीले पेनाल्टीमा गोल गर्दा लिड्सले २–१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा २–१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा २ गोल खाँदा २ गोल थप्दै जीत पक्का गरेको थियो ।

पेट्रिक बामफोर्डले ५१ औं मिनेटमा गोल गरेपछि लिड्स ३–१ ले अघि बढेको थियो । हेल्डर कोस्टाले ५७ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
यस्तै फुलह्यामका लागि बोबीले ६२ औं मिनेटमा गोल गर्दै अग्रता ४–२ मा ल्याएका थिए । ६७ औं मिनेटमा मिट्रोभीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–३ मा ल्याए पनि हार भने टार्न सकेनन् ।

Post Add 1025X115
Loading...