आईपीएलमा मुम्बईले चेन्नाईलाई दियो १६३ रनको लक्ष्य

0

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बई निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो ।

मुम्बईका लागि सौरव तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डि कक ३२ रनमा पभेलियन फर्किएका थिए । केरोन पोलार्ड १८ तथा सूर्य कुमार यादव १७ रनमा आउट भए । कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट भएका थिए ।

चेन्नाईका लागि लुंगि एनगिडीले तीन विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । कोरोना भाइरसको महामारीका कारण युएईमा यो संस्करणको आईपीएल हुँदै छ । प्रतियोगिता अक्टोबर १० तारिखसम्म चल्ने छ ।

Post Add 1025X115
Loading...