डोमोनिकको ह्याट्रिक, एभेर्टनको लगातार दोस्रो जीत

0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जीत हात पारेको छ । शनिबार भएको खेलमा एभर्टनले वेस्टब्रोमलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एभर्टनका लागि डोमोनिक कल्भार्टले ह्याट्रिक गर्दा जेम्स रोड्रिगेज र माइकल किनले एक एक गोल गरेका थिए । वेस्टब्रोमका लागि ग्राडी डियानगाना र म्याथ्युस पेरियराले एक एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

१० औं मिनेटमा ग्राडीले गोल गर्दै वेस्टव्रोमलाई अग्रता दिलाएका थिए । तर,३१ औं मिनेटमा डोमोनिकले गोल गर्दै एर्भटनलाई खेलमा फर्काएका थिए । ४५ औं मिनेटमा रोड्रिगेजले गोल गरेपछि एर्भटन २–१ ले अघि बढेको थियो । तर, २ मिनेट पछि नै वेस्टव्रोमका लागि म्याथ्युसले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा किरेन गिब्स रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पछि वेस्टब्रोम १० खेलाडीमा समेटिएको थियो । त्यसको असर दोस्रो हाफमा परेको थियो । त्यसको फाइदा उठाउँदै दोस्रो हाफमा एभर्टनले ३ गोल थप्दै लगातार दोस्रो जीत दर्ता गरेको हो ।

५४ औं मिनेटमा किनलेले गोल गरेपछि एर्भटन ३–१ गोलले अघि बढ्यो । ६२ औं मिनेटमा डोमोनिकले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेका थिए । ६६ औं मिनेटमा रोड्रिगेजको पासमा डोमोनिकले ह्याट्रिक पुरा गरे । त्यसपछि थप गोल नभएपछि एभर्टन ५–२ गोल अन्तरले विजयी भयो ।

Post Add 1025X115
Loading...