मानपदवीमा खेलाडीलाई विभेद भयो : खेलाडी संघ

0

संविधान दिवसको अवसर पारेर सरकारले दिएको विभूषणमा समग्र खेल क्षेत्रलाई समेट्न नसकेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले निराशा व्यक्त गरेको छ ।
संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषण घोषणा हुँदा सम्बन्धित ३ विभागबाट सिफारिस भएका १३ औं दक्षिण एसियाली खेलकुद (साग) का १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापा समावेश भएकोमा संघले खुसी व्यक्त गरे पनि सिंगो खेल क्षेत्र भने निराश हुनुपर्ने अवस्था श्रृजना भएको उल्लेख गरिएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै १३ औं साग आयोजना हुँदा खेलाडीले गरेको उच्च प्रदर्शनबाट नेपालले साग इतिहासमै अहिले सम्मकै ठूलो सफलता प्राप्त गरे सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद अवस्था सृजना भएको उल्लेख गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले १३ औं सागका स्वर्ण पदक विजेतालाई मानपदवीका लागि फाराम पनि भर्न लगाएको थियो ।
स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाएपनि आज सूची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी त्यसमा मानपदवीको सुचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष भएको श्रेष्ठले बताएका छन् ।

Post Add 1025X115
Loading...