खेलकुद मन्त्रालयद्वारा खेलकुद पुरस्कारका लागि दरखास्त आह्वान

0

नेप्लेज । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला गरेको छ ।

खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र खेल प्रायोजक संस्थालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले मन्त्रालयले शनिबार दरखास्त आह्वान गरेको हो । मन्त्रालयले हरेक वर्ष यस्तो पुरस्कार र सम्मान वितरण गर्दै आएको छ ।

यसअघि सम्मानित र पुरस्कृत भइसकेकाहरुले दोहो¥याएर नपाउने पनि मन्त्रालयको सूचनामा प्रष्ट उल्लेख छ । मन्त्रालयले सूचना सार्वजनिक गरेको २१ दिनभित्र इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित दरखास्त पेश गर्न अनुरोध गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८ मा आधारित रहेर पुरस्कार वितरण गरिनेछ । दरखास्तका लागि फारम मन्त्रालय र राखेपको वेवसाइटमा उपलब्ध हुनेछ ।

Post Add 1025X115
Loading...