मूलपानीकाे काम कहिले जाला घाम !

0

मुलपानीमा रहेको माथिल्लो क्रिकेट मैदानमा फेरी काम सुरु भएको छ । बर्षोदेखि नै मैदानको काम सुरु भएपछि अझैपनि पुर्ण रुपमा यो मैदान बनिसकेको छैन । मैदानको पूर्वी भागमा बर्षायाममा पहिरो नै जाने गरेको छ ।

Advertisement

अघिल्लो बर्ष यहि मैदानमा अमेरीकाले अभ्यास खेल खेलेको थियो । यो मैदानलाई अभ्यास मैदान र घरेलु प्रतियोगिता गर्ने योजना रहेको छ । तर यो मैदान कहिले पुरा हुन्छ त्यो भने थाहा छैन ।

मुलपानीमा क्रिकेट मैदान निर्माण १२ वर्ष अघि नै सुरु भएको थियो । तर, यति जटिलता देखियो कि बिना डिभिजनमा रहेको नेपाली टोली डिभिजन वानमा पुगेर विश्वकप खेलिसक्दा पनि योजनाले पूर्णता पाएन । त्यहाँ केवल डाँडो सम्याइयो, एउटा पेविलियन भवन बन्यो । तर, मैदान ट्रेनिङ गर्न योग्य पनि बन्न सकेन ।

त्यसबेला मुलपानीमा क्रिकेट मैदान होइन, रंगशाला नै बनाउने योजना अघि सारिएको थियो । जहाँ पेभेलियन, मिडिया बक्स लगायतका सबै संरचना बनेको होस् । मुलपानीमा क्रिकेट मैदान बनाउने भनेर हरेक वर्ष बजेट छुटि्टएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको थिएन । झन क्रिकेट संघ निलम्बनमा परेपछि सबै काम अलपत्र भयो ।

अन्ततः यसबारे दिक्कवाक्क भएका क्रिकेट खेलाडीहरु नै मैदान निर्माणमा अघि सरे । नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल सहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाको पहलमा मुलपानी क्रिकेट मैदानलाई खेल्नयोग्य बनाउनका लागि गर्नुपर्ने काम र खर्चको स्टमेट तयार भयो । त्यस अनुरुप गत कर्तिकमा तत्कालिन खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलाई ज्ञापनपत्र बुझाउँदै मुलपानी मैदान बनाउन दबाव दिए ।

राखेपले मुलपानीको धुलाम्य मैदानको स्तरोन्नतिका लागि १६ लाख ४० हजार बजेट विनियोजन गरी कामको जिम्मा ज्ञानेन्द्र मल्ल र छुम्बी लामाको टिमलाई दियो । उनीहरुले अहिले मुलपानी मैदानलाई खेल्न याेग्य बनाइएकाे थियाे ।

मैदानको उत्तरपूर्वी छेउमा जमिन भासिएर मैदान बिग्रिएको थियो, पूर्वी क्षेत्रमा माटोको थुप्रो कायमै थियो । सबैभन्दा पहिले उनीहरुले त्यसलाई सम्याए र पर्खाल लगाए । मैदानको मूख्य क्षेत्र पीचको स्तरोन्नतिमै उनीहरुको धेरै समय गएको छ ।

कीर्तिपुरमा रहेको क्रिकेट मैदान क्रिकेट संघको आफ्नै होइन, त्रिभुवन विश्वबिद्यालयसँग वर्षिक १० लाख रुपैयाँ भाडा तिर्ने गरी क्रिकेट संघले लिजमा लिएको हो । त्यही मैदान मा अहिले अन्तर्राष्ट्रियदेखि टोलस्तरका प्रतियोगिता हुने गर्छन् ।

कीर्तिपुरमा रहेको क्रिकेट मैदान क्रिकेट संघको आफ्नै होइन, त्रिभुवन विश्वबिद्यालयसँग वर्षिक १० लाख रुपैयाँ भाडा तिर्ने गरी क्रिकेट संघले लिजमा लिएको हो । त्यही मैदान मा अहिले अन्तर्राष्ट्रियदेखि टोलस्तरका प्रतियोगिता हुने गर्छन् ।

एकैपटक २०६८ सालमा आईसीसीको सहयोग र सरकारको लगानी गरी ४ करोड लगानीमा मैदानको पश्चिम क्षेत्रमा पेविलियन बनाइयो । जसको निर्माण गौरा कन्स्ट्रक्सनले गरेको थियो । त्यसपछि मुलपानी रंगशालामा उल्लेख्य कुनै काम भएन । २०७० सालमा टंक आङबुहाङ नेतृत्वको क्यान कार्यसमितिबिरुद्ध मुलपानी मैदानमा काम नगरी पैसा खाएको उजुरी परेपछि यसको निर्माण प्रक्रिया अझै लम्बियो ।

१२ वर्षको बीचमा यस मैदान केवल खेल्न योग्यमात्र भएको छ । यसमा सुधार गर्नुपर्ने धेरै छ । मैदानको दक्षिण र पूर्वी क्षेत्र केहि भिरालो भएकाले त्यहाँ प्याराफिट बनाउन सकिन्छ र त्यस काम बाँकी छ । यसको प्याराफिट तथा पेविलियन निर्माण सकिइसकेको छ । मैदान भन्दा निकै अगाडी नै भवन बनेपछि अहिले पनि मैदान पुर्ण रुपमा बनेकाे छैन भने भवन जिर्ण बन्न थालेकाे छ ।

 

 

 

Post Add 1025X115
Loading...