गाडी दुर्घटनामा परेर भाग्यले बाँचेका स्टार फुटबलर !

0

विश्व फुटबलमा केहि यस्ता दुर्घटना छन, जसले गर्दा अहिलेका स्टार खेलाडीको झण्डै जानै गएको थियो । यतिमात्र होइन, केहि यस्ता फुटबलर छन, जसको सडक दुर्घटनामा परेर ज्यान नै गएको छ ।

आज हामी सडक दुर्घटनामा परेर ज्यान गएका र भाग्यले बाचेका फुटबलको बारेमा चर्चा गर्नेछौ ।

क्रिस्टियानो रोनाल्डो

जेनेवरी ८, २००९ मा रोनाल्डोसँग भएको सडक दुर्घटनाले उनको करियर सकिन सक्थ्यो । म्यानचेस्टर युनाइटेडमा हुँदा रोनाल्डोको फरारी गाडी लण्डनको टनेलमा नराम्रोसँग दुर्घटनामा परेको थियो ।

विपरित दिशाबाट आएको गाडी र उनको कार ठोक्किएको थियो भने त्यसपछि उनको गाडी भित्तामा बजारिएको थियो । उनको गाडीको टायर पड्किएको थियो । त्यो दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार उनको गाडीको अवस्था हेर्दा उनी नराम्रोसँग घाइते भएको हुनुपर्ने थियो । तर उनलाईकेहि भएन, त्यसपछि उनी साथीको गाडीमा लगत्तै क्लवको प्रशिक्षणमा गएका थिए ।

नेयमार

रोनाल्डोको गाडी दुर्घटना भएको एक बर्षपछि नै नेयमारको गाडी ठुलो दुर्घटनामा परेको थियो । त्यो दुर्घटनामा उनको ज्यानपनि जान सक्ने अवस्था सिर्जना भएको थियो ।

२०१० मा भएको सो घटनामा नेयमार आफ्नी आमासँग जाँदै थिए, भिरालोबाटोमा बर्षा भइरहेका बेला विपरित दिशाबाट अर्को गाडी ठोकौला झै गरेर आएपछि उनको गाडीले त्यसलाई छल्ने कोसिस गरेको थियो । तर उनको गाडी सडक भन्दा तल गयो ।

यदि उनको गाडी भिरबाट खसेको भए नेयमारको ज्यान मृत अवस्थामा भेटिने संभावना रहेको उनले आफ्ना पितासँगको कुराकानीमा बताएका थिए । तर उनको गाडी एउटा क्लिफमा अड्किएको थियो ।

त्यो बेला उनकी आमा पछाडीको सिसा फोडेर निस्किनु परेको थियो । नेयमारलाई भने सिटबेल्टले अड्काएको थियो । उनको उद्दार गरेपछि नेयमारको निधारमा गहिरो चोट लागेको थियो । तर केहि महिनापछि उनको त्यो चोट पुरै निको भएर घाँउको कुनै चिन्ह पनि हटेको थियो ।

करिम बेन्जिमा

फ्रेन्च फुटबलर केरिम बेन्जिमा सन् २००९ को डिसेम्बरमा आफ्ना साथीसँग फ्रान्सको एक आइल्याण्डमा आफ्नो २२ औं जन्मदिन मनाउन गएका थिए । त्यो बेला उनले एक ल्याम्र्बगिनी कारलाई भाडामा लिएका थिए ।

तर उनी चलाइरहेका बेला उनको रेसिङ गाडीको ब्रेक फेल हुन पुग्यो । जसका कारण उनको कार निकै नराम्रो दुर्घटनामा परेको थियो । गाडीको पुरै पार्ट फुटेको थियो । तर त्यस्तो दुर्घटनाबाट उनी र उनका साथी भने जोगिएका थिए ।

त्यसको २० दिन अगाडी बेन्जिमाको अर्को दुर्घटना भएको थियो । त्यहाँपनि उनी बालबाल बचेका थिए ।

अर्टुरो भिडाल

चिलियन खेलाडी भिडालको २०१५ को विचतिर नराम्रो दुर्घटना परेका थिए । त्यो बेला उनी चडेको कार र अर्को गाडी हल्का ठोक्किदा उनी चोटग्रस्त भएका थिए ।

त्यो दुर्घटनाका कारण उनलाई पुलिसले समातेको थियो । किनकी उनले त्यो बेला रक्सी खाएर गाडी चलाएका थिए ।

कोपा अमेरीका चलिरहेका बेला भएको सो दुर्घटनापछि पनि उनी मैदानमा उत्रिएर चिलीले कोपा अमेरीकाको उपाधि जितेको थियो ।

यतिमात्र होइन, गाडी दुर्घटनामा परेर बालबाल ज्यान बचाएका खेलाडीमा, डेविड बेकह्याम, सेस फेब्रिगास, मारियो बालेटोली पनि दुर्घटनामा परेका थिए । तर उनीहरुलाई त्यस्तो ठुलो चोट भने लागेन ।

तर केभिन उनो डी नोइईको कार दुर्घटनाका कारण खेल जीवन नै सकिएको थियो । यस्तै जुनियर मलान्डाको पनि गाडी दुर्घटनाका कारण करियर सकिएको थियो । डरलाग्दो दुर्घटनाका कारण उनले ज्यान ने गमाउनु परेको थियो ।

यस्तै होजे एन्टोनियो रेजले त गाडी दुर्घटनाका कारण ज्यान ने गुमाउनु परेको थियो ।

Post Add 1025X115
Loading...