पिर्लाेले बल्ल पाए प्राे लाइसेन्स

0

युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले बल्ल यूराेपियन फुटबल महास‌ङ्घकाे प्राे लाइसेन्सकाे परिक्षा पास गरेका छन ।

उनले युभेन्टसको प्रशिक्षक भएपनि प्राे लाइसेन्स हात पारेका थिएनन् । तर उनले बुधबार साे परिक्षा पास गरेकाे इटालीयन फुटबलले जनाएकाे छ । अगष्ट ८ तारिखमा युभेन्टसको प्रशिक्षकमा नियुक्त भएपनि उनी यो क्षेत्रमा नयाँ नै थिए ।

युभेन्टसकै यू २१ टिमको प्रशिक्षकका रुपमा आएका पिर्लोलाई युभेन्टसले अचानक सिनियर टिमको जिम्मेवारी दिएको थियो ।

त्यो बेलासम्म उनले प्राे लाइसेन्स हात पार्न सकेका थिएनन् । तर बुधबार दिएको परिक्षामा उनले ११० पुर्णाङ्कमा १०७ अंक ल्याएका छन ।

अब भने उनले पुर्ण रुपमा काम गर्न पाउने भएका छन । पिर्लोले नयाँ सिजनको तयारी गरिरहदा क्रिस्टियानो रोनाल्डोको कम्बिनेसन इडेन जेकोसँग हुनसक्ने बताएका छन ।

उनले जेको र रोनाल्डको कम्बिनेसन टिमका लागि उत्कृष्ट हुने भन्दै उनलाई ल्याउने संभावना देखाएका छन ।

Post Add 1025X115
Loading...