आइपीएलका बेला सञ्चारकर्मीलाई स्टेडियममा प्रवेशमा राेक

0

शनिबारबाट सुरु हुने इन्डियन प्रिमियर लिग आइपीएलको १३ औं संस्करणमा स्टेडियममा मिडियाकर्मीलाई प्रवेश निषेध गरिने भएको छ ।

बीसीसीआईले कोभिड १९ को महामारीलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षा नियमका कारण यो सिजनमा स्टेडियममा मिडियाकर्मीलाई प्रवेश नगराउने बताएको छ ।

यो सिजनका प्रिमियर लिगको पहिलो खेलमा राति पौने आठ बजे मुम्बई इन्डियन्स र चेन्नेई सुपर किंग्सविच प्रतिस्पर्धा हुनेछ ।

यसका साथै पहिलो पटक आइपीएलमा पत्रकार सम्मेलन नहुने भएको छ । यसको सट्टा भर्चुअल पत्रकार सम्मेलन हुने भएको छ ।

यसका साथै सञ्चारमाध्यमलाई टिमको प्रशिक्षण खिच्न पनि नदिइने भएको छ ।

Post Add 1025X115
Loading...